Nojoto: Largest Storytelling Platform

तिम्रो याद आज फेरि दौडेर आयो फूलेका सेता दाह्री चि

तिम्रो याद आज फेरि दौडेर आयो
फूलेका सेता दाह्री चिल्लै खौरेर आयो।
तिर्खा धाउँछ, खोला धाउन्न भन्थे
प्यासीकै घरमा आज खोला पौडेर आयो।।

राख्ने गर्थें तिम्रो माया यहि मुटु भित्र
यहि मुटु आज कठै बाउँडेर आयो।
तिम्रो याद आज फेरि दौडेर आयो
फूलेका सेता दाह्री चिल्लै खौरेर आयो।।

ठगाहा ब्यापारीले उचाले झैं तराजु आज
 तिमी प्रतिको माया घृणा तौलेर आयो।
तिम्रो याद आज फेरि दौडेर आयो
फूलेका सेता दाह्री चिल्लै खौरेर आयो।।

चुम्ने गर्थ्यौ मेरा गाला लजाउँदै डराउँदै
जवानीमै गाला कठै चाउरेर आयो।
तिम्रो याद आज फेरि दौडेर आयो
फूलेका सेता दाह्री चिल्लै खौरेर आयो।।
-Lax Nepali Shayari
तिम्रो याद आज फेरि दौडेर आयो
फूलेका सेता दाह्री चिल्लै खौरेर आयो।
तिर्खा धाउँछ, खोला धाउन्न भन्थे
प्यासीकै घरमा आज खोला पौडेर आयो।।

राख्ने गर्थें तिम्रो माया यहि मुटु भित्र
यहि मुटु आज कठै बाउँडेर आयो।
तिम्रो याद आज फेरि दौडेर आयो
फूलेका सेता दाह्री चिल्लै खौरेर आयो।।

ठगाहा ब्यापारीले उचाले झैं तराजु आज
 तिमी प्रतिको माया घृणा तौलेर आयो।
तिम्रो याद आज फेरि दौडेर आयो
फूलेका सेता दाह्री चिल्लै खौरेर आयो।।

चुम्ने गर्थ्यौ मेरा गाला लजाउँदै डराउँदै
जवानीमै गाला कठै चाउरेर आयो।
तिम्रो याद आज फेरि दौडेर आयो
फूलेका सेता दाह्री चिल्लै खौरेर आयो।।
-Lax Nepali Shayari
nojotouser5189576198

Lax

New Creator