Nojoto: Largest Storytelling Platform

गजल**** सिरानीमा देश राखेर मुटुमा हिमाल‌ राखेर घड

गजल****

सिरानीमा देश राखेर मुटुमा हिमाल‌ राखेर
घडेरी खोजी रहेछु बलैंसीमा नाल राखेर।।

उता सीमाना रुँघेर देशले निन्द्रा पाएको छ
रगतमा जोश राखेर छातीमा पर्खाल राखेर।।

तिमीले सिन्दुर लाएर यो कस्तो सपथ लियौ
ओठमा मुस्कान राखेर आँखामा ताल राखेर।।

जवान भाइ बाकसमा घर फर्कियो घाटीबाट
दिदी पर्खी रही टीका राखेर रुमाल राखेर।।

सरकार अब अन्तिम फैसला म सुन्न चाहन्छु
माटैमा मिल्ने हो कि माटोको सवाल राखेर।।

सुमन सरोवर
कालेबुङ गजल।। सरोवर
#Riverbankblue
गजल****

सिरानीमा देश राखेर मुटुमा हिमाल‌ राखेर
घडेरी खोजी रहेछु बलैंसीमा नाल राखेर।।

उता सीमाना रुँघेर देशले निन्द्रा पाएको छ
रगतमा जोश राखेर छातीमा पर्खाल राखेर।।

तिमीले सिन्दुर लाएर यो कस्तो सपथ लियौ
ओठमा मुस्कान राखेर आँखामा ताल राखेर।।

जवान भाइ बाकसमा घर फर्कियो घाटीबाट
दिदी पर्खी रही टीका राखेर रुमाल राखेर।।

सरकार अब अन्तिम फैसला म सुन्न चाहन्छु
माटैमा मिल्ने हो कि माटोको सवाल राखेर।।

सुमन सरोवर
कालेबुङ गजल।। सरोवर
#Riverbankblue
sumanapalak8584

Suman Apalak

New Creator