Find the Best Sunu✍️❤️ Shayari, Status, Quotes from top creators only on Gokahani App. Also find trending photos & videos about
Rabindra Panta
महिनावारी💕💕 म पेट दुखेर छटपटिरहेकी हुन्छु, पेटलाई थिचेर बेस्सरी रुन्छु..😭 तर तिमीलाई नाटक लाग्छ । हे! पुरुष तिमी के बुझ्छौ पिडा महिनावारी को ? यो छुनुहुन्न, त्यो छुनुहुन्न भन्छौ, मन लागे नजिक, नत्र टाढा बन्छौ, कतिखेर त भन्छौ, घिन लाग्छ,.😤 हे! पुरुष तिमी के बुझ्छौ पिडा महिनावारी को ? तिर्खा लाग्दा पानी दिन पनि, तिमी अन्कनाउछौ, तिमीलाई २/४ दिन खाना पकाउनु पर्दा पनि, कति रिसाउछौ, तिमी जे बोलेपनि मैले, जवाफ फर्काउदिन,.🤫 हे! पुरुष तिमी के बुझ्छौ पिडा महिनावारी को ? रगतको खोलो, बगिरहेको हुन्छ, हृदय सङ्गे आँखा रोइरहेको हुन्छ, मलाई आराम चाहिन्छ, तर कहाँ पाइन्छ र?🤔 हे! पुरुष तिमी के बुझ्छ पिडा महिनावारी को ? मायाले २/४ शब्द, बोलिदेउन प्रिय, त्यो रिसमा पनि थोरै प्रेम, घोलिदेउन प्रिय, तिम्रो बोलिले मात्र पनि, ओखतीको काम गर्छ, हे! पुरुष बुझिदेउन पिडा, महिनावारी काे ।🙏 #Sunu✍️❤️ #periods
About Nojoto | Team Nojoto | Contact Us
Creator Monetization | Creator Academy | Get Famous & Awards | Leaderboard
Terms & Conditions | Privacy Policy | Purchase & Payment Policy Guidelines | DMCA Policy | Directory | Bug Bounty Program
© NJT Network Private Limited